गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा
पाल्पा | भदौ १५, २०७९
पाल्पा । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ ।
पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिनुभयो । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उहाँले बताउनुभयो । यही भदौ ११ गतेदेखि उक्त सेवा सुरु गरिएको हो ।
“प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ”, संयोजक दिसाले भन्नुभयो । गर्भवतीको समस्यालाई ध्यानमा राख्दै पालिकाले उक्त सेवा सुरु गरेको हो । गर्भवतीलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा समय तय गरेर सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो । गाउँकै स्वास्थ्य चौकीबाट सेवा पाउँदा उनीहरुलाई ठूलो राहत मिलेको छ । यसअघि तानसेन र रामपुर धाउँदा यातायात, बास बस्नेलगायतका समस्या थियो ।
स्थानीयस्तरमै सेवा पाउँदा सास्ती भोग्नुपर्ने समस्या टरेको निस्दी–४ की हिराकुमारी खाम्चाले बताउनुभयो । “टाढा जानुपर्ने झन्झटले गर्भवती स्वास्थ्य परीक्षण गर्दैनथे, अब ठूलो राहत पुगेको छ”, उहाँले भन्नुभयो । मेसिन बिग्रिने, स्वास्थ्यकर्मी अभावलगायत समस्याले कतिपय बेला भने सेवा सेवा नलिइकन फर्कनुर्ने समस्या थियो । निजी क्लिनिकमा महङ्गीका कारण सेवा लिन समस्या थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

